भारतलाई अफगानिस्तानले दियो २७३ रनको लक्ष्य
नेपाल प्रेस
२०८० असोज २४ गते १८:४६
नयाँ दिल्ली । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भइरहेको खेलमा अफगानिस्तानले घरेलु टोलीलाई २७३ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ थालेको अफगान टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७२ रन जोड्यो । घरेलु टोलीविरुद्ध कप्तान हस्मातुल्लाह साहिदीले ८० र अजमातुल्लाह अमारजाईले ६२ रन बनाए । उनीहरुले चौथो विकेटका लागि १२१ रनको साझेदारी गरेका थिए ।
रहमानुल्लाह गुरबाजले २१, इब्राहिम जद्रानले २२, रहमत शाहले १६ र मोहम्मद नाबीले १९ रन जोडे । भारतका जसप्रित बुमराहले ४ र हार्दिक पान्ड्याले २ विकेट लिए । सार्दुल ठाकुर र कुलदीप यादवले एकएक विकेट लिए ।
प्रतिक्रिया
सम्बन्धित खवर