गोकर्णेश्वरमा गोली हानेर प्रहरीले समात्यो लुटेरा – Nepal Press

गोकर्णेश्वरमा गोली हानेर प्रहरीले समात्यो लुटेरा

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा गोली चल्दा एक जना घाइते भएका छन् ।

गोकर्णेश्वर नगरपालिका २ स्थित  जगडाेलमा लुटेरा समूहमाथि प्रहरीले गोली चलाएको हो ।

प्रहरीले एउटा पेस्तोलसहित ७ राउण्ड गोली लुटेरासमूहबा बरामद गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले बताए । प्रहरीमाथि आक्रमण गर्न खोजेपछि लुटेरासमूहमा गोली चलाएको उनले बताए ।

उनका अनुसार गाेली लागेर लुटेरा समूहको २५ वर्षीय अमर घलान घाइते भएका छन् । ‘प्रहरीको मिसन अनुसार लुटेरा समूह आएको सूचना आएपछि उनीहरुमाथि प्रहरीले प्ररिरक्षाको लागि गोली चलाएर नियन्त्रणमा लिइएको हो ।’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *