कोशीबाट शेखरको ‘विद्रोह’ ले गठबन्धनमा तरङ्ग, केदारलाई ब्याक गराउन राष्ट्रपति र प्रधानमन्त्रीको फोन – Nepal Press

कोशीबाट शेखरको ‘विद्रोह’ ले गठबन्धनमा तरङ्ग, केदारलाई ब्याक गराउन राष्ट्रपति र प्रधानमन्त्रीको फोन

देउवाले अहिलेसम्म गरेनन् शेखरसँग संवाद

काठमाडौं । कोशीमा डा. शेखर कोइराला समूहले विद्रोह गरेपछि सत्ता गठबन्धनमा तरङ्ग पैदा भएको छ । माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने गठबन्धनको निर्णयलगत्तै शेखरनिकटका केदार कार्कीले कांग्रेसका ८ सांसदसहित एमालेसँगको समीकरणमा मुख्यमन्त्री दाबी गरेका छन् ।

कोशीमा शेखर पक्षको कदम रोक्न राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत फोन गरेका छन् । तर, पार्टी सभापति शेरबहादुर देउवाले भने अहिलेसम्म कुरा गरेका छैनन् । देउवाले केदारलाई व्याक गराउन शेखरसँगको संवादमा ज्ञानेन्द्रबहादुर कार्कीलाई खटाएका छन् ।

पार्टीभित्र आफूलाई एक्ल्याएर कोशीमा मुख्यमन्त्री दिने निर्णय गरेपछि शेखरले एमालेसँग सहकार्य गरेका हुन् । कोशीका ९ सांसद शेखरको कित्तामा उभिएका छन् । केदार कार्कीलाई एमालेका ३९ सांसदले साथ दिएका छन् ।

राष्ट्रपति पौडेलले शेखरलाई बिहान फोन गरेर कोशी सरकार गठन प्रक्रियाबारे चासो राखेको एक नेताले बताए ।

शेखरनिकट एक नेताले भने, ‘शेखर दाइलाई राष्ट्रपति पौडेलेबाट फोन गरेर कोशीबारे चासो राख्नुभएको थियो । यता, प्रधानमन्त्री पनि पनि कार्कीलाई ब्याक गरेर गठबन्धनलाई सहयोग गर्नुपर्‍यो भन्दै फोन गर्नुभएको थियो ।’

तर, शेखरले पार्टी जोगाउन भन्दै कांग्रेसकै मुख्यमन्त्री बनाएर छाड्न अडान सुनाएको ती नेताले सुनाए।

ती नेताले भने, ‘पार्टी सभापतिले अहिलेसम्म शेखर दाइसँग कुरा गर्नुभएको छैन । उहाँले नेताहरूलाई खटाउनुभएको छ । तर, उहाँले आफू अघि बढिसकेकाले ब्याक हुन नसक्ने जवाफ दिइसक्नुभएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर