इजरायलमा सम्पर्कविहिन विपीन जोशीको उद्धार गर्न एमालेको माग, सरकारले ढिलाइ गरेको आरोप
नेपाल प्रेस
२०८० असोज २६ गते १५:२७
काठमाडौं । नेकपा एमालेले इजरायलमा सम्पर्कविहिन रहेका विपीन जोशीको उद्धार गर्न माग गरेको छ । प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले ढिलाई गरेको आरोप लगाए ।
उनले भने, ‘विपीन जोशी सम्पर्कविहिन छन् । उहाँका त्यहाँको साथीहरुले भनेअनुसार उहाँलाई बन्धक बनाइएको हुनसक्छ भन्ने अन्तराष्ट्रिय समाचार माध्यममा पनि आइरहेका छन् । आज उहाँको अवस्थामा अज्ञात छ । उहाँको उद्धारको लागि कुनैपनि विलम्ब गर्नुहुने अवस्था छैन । तत्काल उद्धारका लागि सरकारले कुटनीतिक संवाद गरेर पहल गर्नुपर्ने आवश्यकता छ । सरकार गैर संवेदनशील बनेको छ । ढिलाइ गरिरहेको छ ।’
प्रतिक्रिया
सम्बन्धित खवर