सिद्धार्थ बैंकले ५९ करोड लाभांश वितरण गर्ने – Nepal Press

सिद्धार्थ बैंकले ५९ करोड लाभांश वितरण गर्ने

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको आर्थिक वर्ष २०७९/८० को वितरण योग्य मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ४.२१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको हाल कायम रहेको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँ रहेको छ ।

चुक्ता पूँजीको ४.२१५ प्रतिशत बराबरको ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि समेत) प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ ।

बैंकले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब १६ करोड खुद नाफा आर्जन गरेको छ । सो मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा २६ करोड अर्थात् ९.११५ को वृद्धि हो ।

बैंकको वितरणयोग्य मुनाफा ६६ करोड कायम रहन आएको छ । खुद मुनाफाको तुलनामा बैंकको वितरण योग्य मुनाफामा केही संकुचन आएको देखिन्छ । जसको मुख्य कारण बैंकले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट १ अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि पूँजी फिर्ता जगेडा कोषमा विनियोजन गरिएकाले हो ।

यसरी जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्व भएपछि शेयर धनीहरुलाई नै वितरण गरिन्छ । यसर्थ उक्त विनियोजित रकम १ अर्ब ४६ करोड समेत गणना गर्दाको अवस्थामा बैंकको वास्तविक वितरणयोग्य मुनाफा २ अर्ब १२ करोड कायम हुन आउँछ । जुन प्रतिशतको हिसाबमा हेर्दा १५.०७५ को प्रतिफल हो ।

यसैगरी प्रतिकुल बजार अवस्थाका बावजुद बैंकले निस्कृय कर्जाको अनुपातलाई २.०१५ मा सिमित गर्न सफल भएको छ । जुन अघिल्लो त्रैमासको निष्क्रिय कर्जाको अनुपात ३.९५५ को तुलनामा ४९.११५ को सुधार हो ।

२०८० असार मसान्तमा बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड रहेको छ । भने जगेडा कोष ११ अर्ब २२ करोड रहेको छ । बैंकको नेटवर्थ २५ अर्ब ३१ करोड पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा ३ अर्व ७१ करोडले वृद्धि भएको छ । बैंकले यस आर्थिक वर्षमा ५९ करोड नगद लाभांश वितरण गरेपछि पनि बैंकको नेटवर्थमा अघिल्लो आ.व. भन्दा १४.४३५ ले वृद्धि हुने देखिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर