ग्लोबल आइएमई बैंकको दशैं विशेष टिकटक प्रतियोगितामा ६० हजार जित्ने अवसर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको छ ।
उक्त प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दशैंको सामग्रीहरु समावेश गरी तयार गरेको गीतमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनिक गरेको शर्तहरु पूरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्नेछ ।
प्रतियोगितामा सहभागीमध्ये धेरै लाइक आउने तीन जना सहभागीलाई क्रमशः प्रथम पुरस्कार ६० हजार, दोस्रो पुरस्कार ३५ हजार र तेस्रो पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिनेछ । यो प्रतियोगितामा सहभागी हुन कात्र्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्नेछ ।