प्रचण्डको सन्देशपछि निर्णय लिन कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । कोशीमा गठबन्धनको निर्णयविरुद्ध कांग्रेस नेता शेखर कोइरालाले एमालेसँग मिलेर विद्रोह गरेपछि सभापति शेरबहादुर देउवाले बैठक राखेका हुन् ।
बैठकअघि देउवासहित कांग्रेस शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसमा सर्वसम्मत गरेर आए आफूहरु मान्न तयार रहेको सन्देश दिएर पठाएका छन् ।
प्रचण्डको सन्देशपछि निर्णय लिन कार्यसम्पादन समितिको बैठक बसेको हो ।
गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि शेखर निकटका केदार कार्कीले कांग्रेसका ८ सांसदसहित एमालेसँगको समीकरणमा मुख्यमन्त्री दाबी गरेका छन् ।