सिटिजन्स बैंकको अध्यक्षमा प्रवल जङ्ग पाण्डे निर्वाचित – Nepal Press

सिटिजन्स बैंकको अध्यक्षमा प्रवल जङ्ग पाण्डे निर्वाचित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अध्यक्षमा प्रवल जङ्ग पाण्डे निर्वाचित भएका छन् ।

आज सम्मन्न बैंकको १७ औं वार्षिक साधारण सभाको सञ्चालक समितिको बैठकले सञ्चालक प्रवल जङ्ग पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

पाण्डले यस अघि बैंकको सञ्चालक पदमा रही काम गरिसकेका छन् । उनि मर्जर तथा एक्वीजिशन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंक लाई प्राप्ति गरेको थियो ।

बैंकको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने अध्यक्ष पाण्डे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख लगानीकर्तामा पर्छन् । इन्जीनियरिङ्ग संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशक भन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रुपमा संलग्न छन् ।

त्यस्तै, १७ औं वार्षिक साधारण सभाबाट सीता कार्की (के. सी.), सजन शर्मा, दिग्विजय विष्ट, सञ्चालक समितिको सदस्यमा निर्वाचित छन् । बैंकमा ७ जना सञ्चालक रहेकोमा सर्वसाधारणहरुको तर्फबाट प्रकाशचन्द्र मैनाली, विजयध्वज कार्की र स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *