२९ सय रुपैयाँले बढ्यो सुनको मूल्य – Nepal Press

२९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य बढेको छ ।

शुक्रवार मात्रै प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य २९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शनिवार बन्द हुने सुनको कारोबार भने हिजो अर्थात् शनिवार कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर