मैले भोगेको इजरायल
इजरायल द्वन्द्वग्रस्त देश हो । गाजाबाट रकेट प्रहार हुन्छ । गाजाबाट हमासहरु इजरायली भूमिमा छिरेर आतंककारी आक्रमण गर्दा इजरायलीहरु घाइते भएका, मारिएका समाचार दैनिक जस्तो टेलिभिजनमा हेरिन्थ्यो र पत्रपत्रिकामा पढिन्थ्यो । साथै इजरायलीहरुप्रति पनि सकारात्मक धारणा थिएन त्यतिबेला । इजरायल कामको लागि सुरक्षित देश होइन भन्ने सुनिएको थियो । तैपनि मेरो आफन्त इजरायलमै काम गरेको केही वर्ष भएकाले उहाँले नै लैजान पहल पनि गर्नुभयो र इजरायल कामको लागि सुरक्षित रहेको बताएपछि सन् २००८ को नोभेम्बरको दिनमा इजरायलको बेनगुरियन अन्तर्राष्ट्रिय एयरपोर्टमा झरियो ।
इजरायल पुगेको सातआठ महिनासम्म काम पाइनँ । त्यसपछि भने युरोपियन यहुदी परिवारमा काम गर्न थालें । जहाँ इजरायलको राष्ट्रिय ध्वजाबाहक ‘इल-आल’ मा वरिष्ठ पाइलटबाट रिटायर्ड भएका वृद्धलाई ‘अलजाइमर्स’ रोग लागेको रहेछ । उनी आफ्ना पुराना कुराहरु बिर्सने र घर बाहिर एक्लै जान आउन नसक्ने र परिवारका सदस्यसमेत राम्रो सँग चिन्दैन थिए । त्यही वृद्धलाई हेरविचार गर्नुपर्ने मुख्य जिम्मेवारी थियो । उनकी पत्नी भने सत्तरी वर्ष उमेरकी थिइन् । उनी आफ्नो काम सबै आफैं गर्थिन् ।
त्यस वृद्ध दम्पतीका पाँच सन्तान थिए । उनीहरु आफ्ना बाबुआमा भेट्न बारम्बार आइरहन्थे । उनीहरु आएको बखतमा मलाई घुम्न पठाउँथे । एकोहोरो कामले गर्दा थकान र मानसिक तनाव हुन सक्ला भनेर रिफ्रेसमेन्टको लागि रेस्टुरेन्टतिर खाना खान लैजान्थे । बसेर गफगाफ गरिन्थ्यो । नेपालमा मेरो घरपरिवारको बारेमा सोध्थे । वृद्ध दम्पतीका एक छोरा त्यहाँको एक युनिभर्सिटीको नाम चलेको प्रोफेसर थिए । उनी आफ्नो बाआमालाई भेट्न आउँदा शुरुमै मसँग हात मिलाउँथे, अँगालो मार्थे । के छ काममा गाह्रोसाह्रो र समस्या भए बताउन भन्थे । कफी बनाएर दिन्थ्यो । अनि मेरो कफीको कपसमेत उनैले माझ्थे ।
उनीहरु श्रम र इमानदारीलाई सम्मान गर्थे । उनी इजरायल जस्तो देशको प्रोफेसर र म उनको आमाबाबुको हेरविचार गर्ने आफ्नो देशमा काम नपाएर विदेशी भूमिमा काम खोज्दै गएको सामान्य कामदार । हामी नेपालीको नजरबाट हेर्ने हो भने हामी दुईबीचको पेशाबीच आकाश-जमिनको फरक थियो । तर, उनीहरु हरेक कामलाई उत्तिकै सम्मान गर्ने भएर होला मलाई कहिल्यै कामदार हुँ भन्ने महसुस गराएनन् ।
उनीहरु श्रम र इमानदारीलाई सम्मान गर्थे । उनी इजरायल जस्तो देशको प्रोफेसर र म उनको आमाबाबुको हेरविचार गर्ने आफ्नो देशमा काम नपाएर विदेशी भूमिमा काम खोज्दै गएको सामान्य कामदार । हामी नेपालीको नजरबाट हेर्ने हो भने हामी दुईबीचको पेशाबीच आकाश-जमिनको फरक थियो । तर, उनीहरु हरेक कामलाई उत्तिकै सम्मान गर्ने भएर होला मलाई कहिल्यै कामदार हुँ भन्ने महसुस गराएनन् ।
इजरायलमा उच्च ओहदाका कर्मचारी, धनाढ्य या शक्तिमा रहेका मानिस हुन् या सडक सफा गर्ने कामदार या रेस्टुरेन्टको वेटर । काम र पेशागत हिसाबमा सबै मानिस बराबर हुन् । छुट्टै सान रवाफ र घमण्ड हुँदैन । सबैलाई उस्तै नियम र कानूनले बाँधिएको हुन्छ । सानालाई ऐन ठूलालाई चैन त्यहाँ हुँदैन ।
इजरायल जानुअघि घरमा भातसमेत पकाएको थिएनँ । घरका सदस्यले पकाइदिएर थालमा पस्केको खाना खाएर थाल पनि खाएकै स्थानमा छोडेर हिँडेको बानी थियो । २६ वर्षको उमेरसम्म पनि म आफूलाई सानै जस्तो सोच्थें । जबकि म दुई बच्चाको बाबु भइसकेको थिएँ ।
इजरायल गएर मैले जब त्यहाँ १६ वर्ष लागेदेखि नै युवाहरू आफैं कमाउने, आफ्नै कमाइले उच्च शिक्षा पढ्ने र आफ्नो लागि खर्च आफैं जुटाउन काम गरेको देखें । अभिभावकले पनि आफ्ना सन्तानलाई आत्मनिर्भर बन्न छोडिदिने गरेको देख्दा मलाई हाम्रो देश पछि पर्नुको कारण र मेरो विगत सम्झेर पछुतो लाग्यो । त्यो देखेर मैले मेहनत र श्रमको महत्व पनि बुझ्न सकें ।
खाडीका यूएई, कतार र साउदीलगायतका देशमा नेपालीहरुमाथि श्रम शोषण गरिएको, समयमा पारिश्रमिक नदिएकोलगायत धेरै किसिमका समस्यामा परेका खबरहरु हामीले धेरै सुनिरहेका हुन्छौं । तर, इजरायलमा अपवादमा बाहेक श्रम शोषण र पारिश्रमिक नदिएका घटना कमै सुनिन्छन् । त्यहाँ कामदारको पक्षमा आवाज उठाइदिने र उनीहरुको लागि लडिदिने संघसंस्थाहरु पनि धेरै छन् ।
बाहिर सुनिए भन्दा ठ्याक्कै विपरीत छन् इजरायलीहरु । दयालु र सहयोगी भावनाका पनि छन् । यदि कहींकतै बाटो भुलियो, कुनै अप्ठेरोमा परियो भने विदेशी कामदार भनेर उनीहरुले सक्दो मद्दत गर्छन् ।
यहुदीहरु आफ्नो भाषालाई पनि एकदमै माया गर्ने गरेको मैले पाएँ । शत प्रतिशत साक्षरता भएको देश हो इजरायल । उनीहरुको आधुनिक जीवनशैली छ । व्यक्तिगत स्वतन्त्रता उनीहरुको पहिलो सर्त हो । उनीहरु हरदम खुशी रहन कोसिस गर्छन् । अरु कुरामा खर्च कटौती गरेर भए पनि घुमफिर गर्नैपर्छ भन्ने मान्यता राख्छन् । घुमफिर गर्नु रमाइलोको लागि मात्र होइन, केही सिक्न र नयाँ कुरा जान्न पनि हो भन्ने मान्यता राख्छन् इजरायलीहरु ।
इजरायलमा उच्च ओहदाका कर्मचारी, धनाढ्य या शक्तिमा रहेका मानिस हुन् या सडक सफा गर्ने कामदार या रेस्टुरेन्टको वेटर । काम र पेशागत हिसाबमा सबै मानिस बराबर हुन् । छुट्टै सान रवाफ र घमण्ड हुँदैन । सबैलाई उस्तै नियम र कानूनले बाँधिएको हुन्छ । सानालाई ऐन ठूलालाई चैन त्यहाँ हुँदैन ।
मलाई पुराना इजरायलीहरु आफ्ना विगत सम्झिँदै भन्थे,
‘हेर, तैले आज जुन समृद्ध इजरायल देखेको छस् । त्यो हिजोको आजै भएको होइन । देख्दा चमत्कार जस्तो लाग्छ । तर, त्यो चमत्कार हामीहरुको कडा मेहनतको परिणाम हो । यहाँसम्म आइपुग्दा हामीले निकै दुःख र मेहनत गरेका छौं । ठूलो संघर्ष र त्याग छ । ७० वर्ष अगाडि हामीसँग सीमित खाद्यान्न थियो । केही किलो चामल र पीठो लिन लामो लाइन बसेका थियौं । तर, हेर त हाम्रो इजरायलमा आज के छैन ? हामीले यसरी कडा मेहनतका बलमा बनाएको इजरायललाई अरुले छोडेर जा भन्दैमा जान सकिन्छ र ? हामी त यो भूमि जोगाउन अन्तिम साससम्म लड्छौं । त्यसको लागि हामी सधैं मानसिक र शारीरिक रुपमा तयारी अवस्थामै रहन्छौं ।’
जताततै उर्बर जमिन छ हाम्रो नेपालमा । हामी कृषि प्रधान देशका जनता हौं । तर, हामी बर्सेनि अर्बौंंको खाद्यान्न, फलफूल र तरकारी आयात गर्छौं । तर, इजरायलीहरु तीन प्रतिशत मानिस कृषि कर्ममा छन् र ९७ प्रतिशत जनतालाई खानेकुरा पुर्याएर बाहिर देशमा निर्यातसमेत गर्छन् ।
कुनै बेला मरुभूमि रहेको इजरायलमा अहिले आँखाको पहुँचभन्दा धेरै टाढाटाढा सम्म आधुनिक प्रणालीद्वारा गरिएका खेतीहरु छन् । हामी बेलाबखत त्यहाँ आधुनिक तरिकाले गरिएको खेती हेर्न जान्थ्यौं । त्यहाँ पुगेपछि फर्किन मन लाग्ने थिएन । म हाम्रो परम्परागत तथा जीवन निर्वाहमुखी खेती प्रणाली सम्झेर निराश हुन्थें ।
मलाई सबैभन्दा रोचक र आश्चर्य लागेको कुरा चाँहि त्यहाँको राजधानी जेरुसलेम हो । प्रायः संसारका राजधानीहरु समथर मैदानमा खडा गरिएका हुन्छन् । जहाँ भौगोलिक सहजता छ, त्यस्ता ठाउँलाई राजधानी बनाइने चलन छ । तर, इजरायलको राजधानी जेरुसलेम भने डाँडामा छ । मलाई तेलअभिव शहरदेखि जेरुसलेमको यात्रा सधैं काठमाडौंदेखि नगरकोट गए झैं लाग्छ । ठ्याक्कै नगरकोटको डाँडो जस्तोमा छ जेरुसलेम । अप्ठेरो भौगोलिक बनावट भएको डाँडोमा भएको अकल्पनीय भौतिक विकास देख्दा म आश्चर्यचकित परेको छु । यदि आधुनिक विकासको लागि अध्ययन गर्न जानु छ भने त्यसको लागि उत्कृष्ट स्थान जेरुसलेम भन्दा अत्युक्ति हुनै सक्दैन ।
अहिले इजरायलमा रहेका यहुदीहरु सबै त्यही जन्मिएका भने होइनन् । केही मात्र त्यहीका रैथाने हुन् । बाँकी केही हिटलरको आतंकबाट बच्न भाग्दै र विभिन्न अरब देशबाट लखेटिएर र स्वेच्छाले इजरायल बस्न आएका छन् । अनि जहाँसुकै रहेका भए पनि यहुदीहरु इजरायलमा स्थायी बसोबास गर्न जान सक्छन् । हाम्रो छिमेकी देशमा रहेका भारतीय यहुदीहरु पनि ठूलो संख्यामा इजरायलमा स्थायी बसोबासको लागि पुगेका छन् ।
इजरायललगायत अमेरिका, फ्रान्स, क्यानडा र बेलायतमा यहुदीहरुको ठूलो जनसंख्या छ । इजरायल बाहिर रहेका धनाढ्य यहुदीहरु इजरायललाई आपतविपत र अप्ठेरोमा हरप्रकारको सहयोग गर्न एकजुट हुन्छन् । संसारमा निकै बलियो एकता भएको यहुदी समुदाय पनि हो । तीक्ष्ण बुद्धि र चलाख हुन्छन् यहुदीहरु । धेरै किसिमका खोज, आविष्कार र अनुसन्धानमा यहुदीहरु नै अगाडि छन् । फेसबुकका संस्थापक मार्क जुकरबग र महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइन पनि यहुदी नै हुन् ।
म १२ वर्ष लामो समय इजरायलको बसाइलाई सकेर नेपाल फर्किएको केही समयपछि इजरायलमा रहेका मेरा साथीहरुले इजरायलको कमाइ याद आउँदैन भनेर सोध्थे । पैसा आवश्यक हो, सबैकुरा होइन । म मेरो परिवारको लागि इजरायल छोडेर आएको हुँदा मलाई इजरायलको कमाइ सम्झना आउँदैन थियो ।
इजरायलमा काम गर्ने नेपालीहरुको अवस्था
इजरायल भौगोलिक हिसाबमा सानो देश हो । सानो देश भएकाले नेपालबाट काम गर्न इजरायल पुगेका नेपालीहरु एक-अर्कालाई चिन्छन् । छुट्टीमा इजरायलभर छरिएर रहेका नेपालीहरु तेलअभिव शहरमा भेटघाट गर्छन् । इजरायलका मुख्य शहरका पायक पर्ने ठाउँमा अपार्टमेन्टहरु भाडामा लिएका हुन्छन् । जहाँ आफ्ना नजिकका र मिल्ने साथी आफन्तहरू बस्ने र रमाइलो गर्ने गर्छन् । इजरायलमा रहेका नेपालीहरुले नेपालमा अप्ठेरो र आपतविपतमा परेका व्यक्ति र संस्थाहरुलाई व्यक्तिगत साथै ठूलो अभियान नै सञ्चालन गरेर पनि निकै धेरै आर्थिक सहयोग गर्ने गर्छन् ।
इजरायलको केयर गिभरको क्षेत्रमा खास गरेर महिलाहरुको धेरै माग छ । वृद्धवृद्घा, शारीरिक र मानसिक रुपले अशक्तहरुको हेरविचार गर्ने काम केयर गिभरको हो । नेपालमा खेतीबारी र चुल्होचौकामा सीमित रहेका र एकल महिला, जो अभावमा बाँचेका थिए । घरपरिवार र श्रीमानबाट महिला हिंसा सहेर बसेकालगायतका धेरै प्रकारले पीडित र दुःखमा परेकाहरु इजरायल पुगेका छन् । उनीहरुले राम्रो कमाई र बचतसमेत गर्न सफल भएका छन् । घरघडेरी जोडेका छन् । आफ्ना सन्तानलाई उच्च शिक्षा पढ्न अमेरिका, क्यानडा र अस्ट्रेलिया जस्ता देशमा पठाएका छन् । कतिले नेपालमै डाक्टर, इन्जिनियरसमेत पढाएका छन् । यस किसिमको उपलब्धि नेपालमै बसेका भए सायदै सम्भव हुन्थ्यो ।
आजभोलि त सरकारी स्तरमा नेपालका स्वास्थ्य क्षेत्रमा काम गरिरहेकाहरु पनि धेरै इजरायल जान थालेका छन् । उनीहरु एकदमै कम लागतमा इजरायल पुगेर निकै आकर्षक कमाइ गरिरहेका छन् ।
त्यहाँका जिम्मेवार राष्ट्रसेवक सरकारी कर्मचारीलाई घुस के हो भन्ने थाहा हुन्न । हाम्रा राष्ट्रसेवक कर्मचारीलाई घुसबाहेक अरु थाहै हुन्न । इजरायलमा सरकारी कामको लागि गएका सेवाग्राही कहिल्यै निराश हुन पर्दैन । हामीलाई सरकारी अफिसमा निराश र कर्मचारीको रुष्ट बोलीबाहेक केही मिल्दैन । इजरायल सम्झेर नेपालका सरकारी कार्यालयका कर्मचारी देखेर निराश हुन्छु ।
म १२ वर्ष लामो समय इजरायलको बसाइलाई सकेर नेपाल फर्किएको केही समयपछि इजरायलमा रहेका मेरा साथीहरुले इजरायलको कमाइ याद आउँदैन भनेर सोध्थे । पैसा आवश्यक हो, सबैकुरा होइन । म मेरो परिवारको लागि इजरायल छोडेर आएको हुँदा मलाई इजरायलको कमाइ सम्झना आउँदैन थियो । इजरायल छोड्ने निर्णय मैले निकै सोचविचार गरेर गरेको थिएँ । हतारको निर्णय थिएन ।
अहिले म इजरायलको विकास चाहिँ एकदमै मिस गर्छु । इजरायलमा केही मिटरको दूरीमा रहेका सुन्दर पार्कहरु मिस गर्छु । त्यहाँको चुस्त सार्वजानिक यातायात र नेपालका सार्वजनिक यातायातको बेथितिले हामी सारा नेपालीहरु आक्रान्त छौं । त्यहाँका जिम्मेवार राष्ट्रसेवक सरकारी कर्मचारीलाई घुस के हो भन्ने थाहा हुन्न । हाम्रा राष्ट्रसेवक कर्मचारीलाई घुसबाहेक अरु थाहै हुन्न । इजरायलमा सरकारी कामको लागि गएका सेवाग्राही कहिल्यै निराश हुन पर्दैन । हामीलाई सरकारी अफिसमा निराश र कर्मचारीको रुष्ट बोलीबाहेक केही मिल्दैन । इजरायल सम्झेर नेपालका सरकारी कार्यालयका कर्मचारी देखेर निराश हुन्छु ।
सफासुग्घर बाटाघाटा, फराकिलो सडकपेटी कहींकतै खाडल छैनन् । राति जताततै झलमल उज्यालो पार्ने सडक बत्ती यस्ता कुराहरु म असाध्यै मिस गर्छु ।
अन्त्यमा, धेरै कुराले पछि परिसकेको हाम्रो देश नेपाल पनि एक दिन इजरायल जस्तै विकसित, समृद्ध र धनी होस् । अनि इजरायली भूमिमा सधैं शान्ति छाइरहोस् यही कामना गर्छु ।
राम्रो लेख।