बैंकहरुलाई त्रैमासिक विवरण सार्वजनिक गर्ने समय थपियो
नेपाल प्रेस
२०८० असोज २९ गते १६:२५
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई त्रैमासिक वित्तीय विवरण बुझाउने समय थप गरेको छ ।
राष्ट्र बैंकले चाडपर्व नजिकिएकाले बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने समय थप गरिएको जनाएको हो ।
त्रैमास समाप्त भएको एक साताभित्र वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने व्यवस्थामा कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न राष्ट्र बैंकले समय थप गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर