रिजवानको ट्वीटले तरंगित इजरायल, भारतसँग पाकिस्तानको हारपछि दियो यस्तो जवाफ
काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकासँग पाकिस्तानले कीर्तिमानी जित हासिल गरेसँगै पाकिस्तानी विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले एउटा ट्वीट गरे । उनको ट्वीटको तरंग इजरायलसम्म पुग्यो ।
पाकिस्तानलाई जिताउन निर्णायक भूमिका खेलेका इजरायलले यो जित गाजाका दाजुभाइ दिदीबहिनीलाई समर्पण गर्ने भन्दै ट्वीट लेखेका थिए । हमासले इजरायलमाथि आक्रमण गरेर हजारौंको निधन भएको तथा युद्ध जारी रहेको अवस्था थियो । यस्तोमा हमासप्रति स्पष्ट पक्षधरता देखाएपछि रिजवानको ट्वीट विवादमा पर्यो । यद्यपि, प्यालेस्टाइनप्रति सहानुभूति राख्नेले उनलाई समर्थन पनि गरे ।
रिजवानको उक्त ट्वीटलाई इजरायलको सरकारले समेत गम्भीरतापूर्वक लिएको पाइएको छ । तत्कालै कुनै प्रतिक्रिया नजनाएको इजरायलले हिजो ट्वीटरमार्फत नै रिजवानलाई जवाफ दिएको छ । समूह चरणमा भारतले पाकिस्तानलाई हराएपछि इजरायलले खुशी व्यक्त गर्दै ट्वीट गरेको हो, जसमा रिजवानलाई कटाक्ष गरिएको छ ।
इजरायलको आधिकारिक ह्यान्डलबाट लेखिएको छ, ‘भारतीय साथीहरुले इजरायलप्रति देखाउनुभएको ऐक्यवद्धताले हामी वास्तवमै प्रभावित थियौं । हामी पाकिस्तानविरुद्धको म्याचमा भारत विजयी भएकोमा तथा पाकिस्तानले आफ्नो जित हमास आतंककारीलाई समर्पण गर्न असमर्थ भएकोमा खुशी छौं ।’