विश्वकप क्रिकेटमा अष्ट्रेलियाको पहिलो जित
नेपाल प्रेस
२०८० असोज ३० गते ७:३८
नयाँ दिल्ली । भारतमा जारी एकदिवशीय विश्वकपमा अष्ट्रेलियाले पहिलो जित हात पारेको छ।
सोमबार श्रीलङ्कालाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलियाले लगातार दुई हारको क्रम तोडेको हो।
पहिला ब्याटिङ गरेको श्रीलङ्का केवल २ सय ९ रनमा समेटिएको थियो। अस्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
अष्ट्रेलियाको जितमा मिचेल मार्सले ५२, जोस इङ्लिसले ५८, मार्नस लाबुसचाग्नीले ४० र ग्लेन म्याक्सवेलले ३१ रन बनाएका थिए। श्रीलङ्काले लगातार तेस्रो हात बेहोरेको हो।
प्रतिक्रिया
सम्बन्धित खवर