नेपाली चलचित्रको सेन्सरमा उदारता देखाउनुपर्छ : भुवन केसी
नेपाल प्रेस
२०८० असोज ३० गते ९:४७
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र सेन्सर गर्दा उदारता देखाउनुपर्ने बताएका छन् ।
सोमवार आयोजित एक कार्यक्रममा बोल्दै उनले चलचित्रको सेन्सर कडा हुँदै गएको भन्ने आवाज उठेको भन्दै सेन्सर बोर्डलाई नेपाली चलचित्रका लागि सेन्सर खुकुलो गर्न आग्रह गर्ने बताए ।
उनले नेपाली चलचित्रको सबटाइटल राख्न सके विदेशमा पनि राम्रो महत्त्व पाउने बताए । उनले सब टाइटलका कारण विश्वका मानिसहरू नेपाली चलचित्रको फ्यान हुनसक्ने बताए ।
अध्यक्ष केसीले नेपाली चलचित्रको सेन्सरमा उदारता देखाउन आवश्यक रहेको बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर