३० दिनमा सकियो ‘चित्रा’को छायांकन, पुषको २७ बाट नेपाल र अष्ट्रेलियामा रिलिज
काठमाडौं । सन्तोष अधिकारी फिल्मस्को व्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको चलचित्र ‘चित्रा’को छायांकन सकिएको छ। कलाकार र प्राविधिकहरुको मेहेनेतका कारण चलचित्रको छायांकन एक महिनामै सकिएको निर्माणपक्षले जनाएको छ ।
चलचित्रको छांयाकन सकिएको घोषणासँगै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि तय गरेको छ। चलचित्रलाई माघे संक्रान्तीको छेको पारी पौषको २७ गतेबाट नेपाल र अष्ट्रेलियामा रिलिज गरिने चलचित्रका निर्माता तथा कलाकार सन्तोष अधिकारीले बताएका छन ।
चलचित्रको निर्देशन घनश्याम लामिछानेले गरेका हुन् । निर्देशक लामिछानेका अनुसार फिल्मले एक रिटायर्ड बाबु र छोरीको कथालाई सुक्ष्म रुपमा उठान गरेको छ । चलचित्रमा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय छ ।
आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा छ। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रविण सिंहको नृत्य, सम्राट बस्नेतको एक्सन र महेश पौडेलको छायांकन रहेको छ ।
चलचित्रको प्रोडक्सन हेडमा प्रतिमा थापा, लाइन प्रोड्यूसरमा कृष्ण बहादुर थापा, कला निर्देशकमा डुक राज घिमिरे, मेकअपमा सोनाली शिल्पकार, निर्माण नियन्त्रकमा तेज विक्रम केसी र अनलाइन सम्पादनमा सन्देश शाहले काम गरेका छन् ।
चलचित्रमा राजन राज सिवाकोटीको गीत संगीत छ । केदार पराजुली ९श्री कृष्ण फिल्मस्ले० यो चलचित्रको नेपालभरको वितरणको जिम्मा लिएको हो। चलचित्रको अष्ट्रेलिया अधिकार भने अविनास रोका मगरले लिईसकेका छन् ।