स्वास्थ्य बीमा बोर्डका पाँचै जना सदस्यले दिए सामूहिक राजीनामा, यस्तो छ कारण (भिडिओ)
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्डका पाँच जना सदस्यले सामुहिक राजीनामा दिएका छन् ।
उनीहरुले भर्खरै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. मदन उपाध्यायमार्फत मन्त्रालयलाई सम्बोधन गर्दै सामुहिक राजीनामा दिएका हुन् ।
सामूहिक राजीनामा पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा स्वास्थ्य सेवाका क्रममा हुने भड्किलो खर्च कम गर्दै र गुणस्तरीय सेवामा जनताको सर्वसुलभ पहुँच स्थापित गर्न स्वास्थ्य बीमा बोर्डको सदस्यको रुपमा रही नीति, कार्यविधि र कार्यक्रम तयार पारी लागू गर्ने कार्यमा क्षमताले न्यायसम्म योगदान गरियो । बदलिँदो परिवेश र हाम्रो व्यवहारिक कारणले हजुर समक्ष यो सामूहिक राजिनामा दिएका छौ ।’
मोहन बहादुरलाई जनहि १ करोडमा नयाँ भर्नाको बाटो खुल्यो ।