विश्वकप छनोट: लाओसविरुद्ध नेपालको अग्रता
नेपाल प्रेस
२०८० असोज ३० गते १९:००
काठमाडौं । विश्वकप फुटबलको छनोट अन्तर्गत पहिलो चरणको अवे खेलमा नेपालले लाओसविरुद्ध १-० गोलको अग्रता लिएको छ ।
नेपालको लागि मनिष डाँगीले खेलको दोस्रो हाफमा गोल गरेका हुन् । मनिषले अञ्जन विष्टको असिस्टमा गोल गरेका हुन् ।
यसअघि नेपालको मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । अवे मैदानमा हुने खेलमा नेपाल जित्नैपर्ने दबाबमा रहेको छ । होम एन्ड अवेमा बढी गोल गर्ने टोली छनोटको दोस्रो चरणमा पुग्नेछ।
प्रतिक्रिया
सम्बन्धित खवर