सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए शपथ – Nepal Press

सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए शपथ

काठमाडौं । सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष प्रवलजङ्ग पाण्डेले शपथ लिएका छन् ।

गभर्नर महाप्रसाद अधिकारीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । अध्यक्ष पाण्डे बैंकको १७औं साधारण सभापश्चात बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मतरूपमा अध्यक्षमा चयन भएका हुन् । यसअघि पाण्डेले बैंकको सञ्चालकको हैसियतमा चार वर्ष काम गरिसकेका छन् ।

इन्जिनियरिङ्ग संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशकभन्दा बढी सिमेन्ट तथा औषधि उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रियरूपमा संलग्न छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरूमा आवद्द भई नेतृत्वदायी भूमिका निभाइ रहेका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास लिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *