होटल एण्ड होमबाट होटलहरू बुक गर्दा ‘आईएमई पे’ मार्फत छुट पाइने – Nepal Press

होटल एण्ड होमबाट होटलहरू बुक गर्दा ‘आईएमई पे’ मार्फत छुट पाइने

काठमाडौं । होटल एण्ड होमको वेवसाईटबाट होटलहरू बुक गर्दा आईएमई पे ले छुट दिने भएको छ ।

बुधबार ‘आईएमई पे’ होटल एण्ड होमबीच छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार होटल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका विभिन्न होटलहरुमा बुकिङ गरी आईएमई पे मार्फत भुक्तानी गर्नेले फ्ल्याट १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

नजिकिदैँ गरेको राष्ट्रिय चाड दशैं तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको छुट कात्तिकको अन्त्यसम्म लागू हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर