कुशल र दीपेन्द्रको विष्फोटक साझेदारीमा नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य
नेपाल प्रेस
२०८० कार्तिक ४ गते १२:४४
काठमाडौं । त्रिदेशीय सिरिजअन्तर्गत तेस्रो म्याचमा नेपालले हङकङलाई २१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालका लागि मध्यक्रमका दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले विष्फाेटक शतकीय साझेदारी गरे । मुलपानी मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । खराब सुरूवात गर्दै नेपालले ८.१ ओभरमा ४ विकेट गुमाइसकेको अवस्थाबाट कुशल र दीपेन्द्रले इनिङ सम्हाले ।
आक्रामक ब्याटिङ गर्दै कुशलले २१ बलमा ९ छक्का र ३ चौकाको मद्दतमा ९२ रन बनाएर आउट भए । यसैगरी दीपेन्द्रले ३४ बलमा २ छक्का र ६ चौकाको मद्दतमा ५७ रन जोडे । कुशल र दीपेन्द्रबीच १४५ रनको शतकीय साझेदारी भएको छ ।
यसअघि नेपालले दोस्रो ओभरमा कुशल भुर्तेललाई गुमाएको थियो । उनी २ रन बनाएर आउट भए । अर्का ओपनर आशिष सेफले आक्रामक ब्याटिङ गरे पनि लामो इनिङ खेल्न सकेनन् । उनी १३ बलमा २० रन बनाएर आउट भए ।
तेस्रो नम्बरमा बढुवा गरिएका सोमपाल कामी पनि असफल भए । उनले १२ बलमा ८ रनमात्र जोड्न सके । कप्तान रोहित पौडेल पनि ११ रन बनाएर पेभिलियन फर्किएपछि नेपाल संकटमा देखिएको थियो ।
तर, कुशल मल्ल क्रिजमा आएसँगै खेलको दिशा बदलियो । उनले हङकङका बलरहरूमाथि कठोर आक्रमण गर्दै छक्काको वर्षा गरे । उनलाई दीपेन्द्रले बलियो साथ दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर