विश्वकप क्रिकेटको कमेन्ट्रीमा सञ्जय माञ्जरेकरको अफवाह: माउन्ट एभरेस्ट भारतमा छ !
नेपाल प्रेस
२०८० कार्तिक ५ गते ११:००
काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेटको कमेन्ट्रीमा भारतीय कमेन्टेटरले सगरमाथाका बारेमा अफवाह फैलाउन खोजेका छन् । चर्चित कमेन्टेटर सञ्जय माञ्जरेकरले सगरमाथा भारतमा रहेको दावी गरे ।
हिजो श्रीलंका र नेदरल्याण्डबीचको खेलमा माञ्जरेकरले अंग्रेजीमा कमेन्ट्री गरेका थिए । अप्रासंगिकरूपमा उनले सगरमाथाको प्रसंग निकाले ।
उनले भने, ‘इन्डिया हेज द हाइयस्ट पिक इन द वर्ल्ड, माउन्ट एभरेस्ट । (भारतमा विश्वको अग्लो चुचुरो माउन्ट एभरेस्ट छ ।)
माञ्जरेकरको यस्तो कमेन्ट्रीलाई लिएर नेपालीहरूले सामाजिक सञ्जालमा आलोचना गरेका छन् । उनले अञ्जानमा नभएर जानिजानि भ्रम फैलाउन खोजेको धेरैको आरोप छ ।
प्रतिक्रिया
One thought on “विश्वकप क्रिकेटको कमेन्ट्रीमा सञ्जय माञ्जरेकरको अफवाह: माउन्ट एभरेस्ट भारतमा छ !”
Leave a Reply
सम्बन्धित खवर
यसले भन्दैमा हुने होईन । पछि थाहा पाउनेले यसलाई फटाहा भन्छन् । यो फटाहा नै हो ।