दैलेखमा घाँटीमा मासु अड्केर एक जनाको मृत्यु
नेपाल प्रेस
२०८० कार्तिक ५ गते २०:११
सुर्खेत । दैलेखमा घाँटीमा मासु अड्किँदा एकजनाको मृत्यु भएको छ ।
घाँटीमा मासु अड्केर आइतबार नौमूले गाउँपालिका-६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विकको मृत्यु भएको वडा अध्यक्ष लालबहादुर चन्दले नेपाल प्रेसलाई जानकारी दिए ।
आफ्नै घरमा पकाएको मासु खाँदै गर्दा उनको घाँटीमा मासु अड्केको वडा अध्यक्ष चन्दले बताए । उनले भने,’दलबहादुर दिर्घ रोगी थिए । दलबहादुरको मुुटु र किड्नीमा समस्या थियो । डाक्टर सल्लाह अनुसार उनले मदिरा सेवन गर्न ७ महिनासम्म छोडेका थिए । डाक्टर मदिरा सेवन नगर्न सल्लाह दिए पनि उनले दशैंको अवसरमा बारम्बार मदिरा सेवन गर्नाले पनि यो घटना घट्न गएको हो ।’
प्रतिक्रिया
सम्बन्धित खवर