नेपाललाई संकटबाट निकाल्दै आसिफको अर्धसतक – Nepal Press

नेपाललाई संकटबाट निकाल्दै आसिफको अर्धसतक

काठमाडौं। यूएईविरुद्धको टि–२० खेलमा नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट अर्धसतक बनाएका छन् । ११ रनमा तीन विकेट गुमाएको अवस्थाबाट नेपाललाई सम्हाल्दै उनले आफ्नो व्यक्तिगत अर्धसतक पूरा गरेका हुन् ।

आसिफ र कप्तान रोहित पौडेलको साझेदारीले नेपाललाई खेलमा फर्काएको छ । यद्यपि, रनरेटको दवाव भने कायम छ । यो समाचार लेख्दासम्म नेपालले १३ ओभरमा ३ विकेट गुमाएर ९७ रन बनाएको छ ।

टि २० मा आसिफको यो तेस्रो अर्धसतक हो । ४४ बलमा अर्धसतक पूरा गरेका उनले २ छक्का ६ चौका प्रहार गरे र आसिफले चौका हान्दै ५० रनको कोसेढुंगा पार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *