एनआरएनएको पराजित टीमलाई भेटेर प्रधानमन्त्रीले दिए बधाई !, विजयी टीमलाई भेट्न अस्वीकार – Nepal Press

एनआरएनएको पराजित टीमलाई भेटेर प्रधानमन्त्रीले दिए बधाई !, विजयी टीमलाई भेट्न अस्वीकार

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)मा पराजित भएको टीमप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निगाह देखिएको छ । पराजित समूहले गठन गरेको अवैध कार्यसमितिलाई भेटेर प्रधानमन्त्रीले बधाई दिएका छन् ।

एनआरएनए ११ औं महाधिवेशनमा भएको चुनावमा एमाले निकट डा. बद्री केसी विजयी भएका थिए । माओवादीनिकट आरके शर्मा प्रमुख प्रतिस्पर्धी हुँदा कांग्रेसनिकट डा. महेश श्रेष्ठ तेस्रो भए । पराजयपछि शर्मा र श्रेष्ठले गठजोड गरेका छन् । उनीहरुले चुनावको मतपरिणाम नमान्ने घोषणा गर्दै समानान्तर कार्यसमिति बनाएका छन् ।

सरकारले अहिलेसम्म चुनाव जितेर बनेको कार्यसमितिलाई मान्यता दिएको छैन । केसीको टीमले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्न प्रयास गर्दा उनीहरु अनिच्छुक देखिएका छन् । परराष्ट्रमन्त्रीले भने केही दिनमा भेट्ने सन्देश पठाएको स्रोतको दावी छ ।

यद्यपि, पराजित समूहको कार्यसमितिलाई भने अस्तिकै दिन परराष्ट्रमन्त्री एनपी साउद र अर्थमन्त्री डा. प्रकाशशरण महतले भेट दिए । त्यसपछि हिजो प्रधानमन्त्रीले समेत उनीहरुलाई भेटेका हुन् ।

प्रधानमन्त्रीलाई भेट्न शर्माको टिम खादा–माला नलगाइकन गएको थियो । भेटपछि जारी विज्ञप्तिमा प्रधानमन्त्रीले आफूहरुलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको उल्लेख छ ।

‘एनआरएन अभियान एकतावद्ध भएर अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु,’ प्रधानमन्त्रीको भनाइ उद्वृत गर्दै विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्रीसँगको भेटमा निर्वाचनमा पराजयपछि स्वोघित अध्यक्ष शर्मासहित पूर्वअध्यक्ष कुल आचार्य पनि थिए ।


प्रतिक्रिया

4 thoughts on “एनआरएनएको पराजित टीमलाई भेटेर प्रधानमन्त्रीले दिए बधाई !, विजयी टीमलाई भेट्न अस्वीकार

  1. प्रचन्ड आफु जस्तो उनको सर्कल पनि त्यस्तै : यो त राष्ट्रको बेइजत भयो !! मर्ने बेला त अली राम्रो सोच यार !! अनि यी नालायक ‘पसु’ हरु .. के हो गर्न खोजेको !? गठ्बन्दन गरेर गरेका सबै कुक्रित्य सही हुन्छन सधैं !? मर्दैनौ तिमीहरु !?

    1. जे जस्तो दिमागले सोच्छ, त्यहिनै उसक‍ो बलबुट्टाले देखाउँछ, यसमा अरू कसैले दिमाग खियाउनु पर्दै !

  2. दिल्लीको टट्टुले जानेकै यत्ति हो । योभन्दा देशको बेईज्जत के हुन सक्छ ?

  3. भोली ८४ सालको चुनावमा पराजित हुनेहरूले बधाई खाने भए 😀

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर