२ महिनादेखि सार्वजनिकरूपमा नदेखिएका चिनियाँ रक्षामन्त्री बर्खास्त
नेपाल प्रेस
२०८० कार्तिक ७ गते २०:५३
बेइजिङ । दुई महिनाबाट सार्वजनिकरूपमा नदेखिएका चिनियाँ रक्षामन्त्री जनरल लि साङ्फु बर्खास्त भएका छन् ।
बर्खास्तीको कारण भने खुलाइएको छैन । चिनियाँ सरकारी च्यानल सीसीटीभीले बर्खास्तीको समाचार सार्वजनिक गरेको छ । लि विगत दुई महिनादेखि नै सार्वजनिक जीवनमा देखिएका छैनन् । उनी कारबाहीमा परेको पश्चिमा सञ्चारमाध्यमले लेखेका थिए ।
तीन महिनामा चीनमा दुई मन्त्री बर्खास्तमा परेका हुन । गत जुलाईमा तत्कालीन विदेशमन्त्री छिङ काङ बर्खास्तीमा परेका थिए । आजै चिनियाँ संसद राष्ट्रिय जनकंग्रेसका दुवैको स्टेट काउन्सिलर पद पनि खारेज गर्ने निणय गरिएको छ ।
प्रतिक्रिया