विश्वकपमा किर्तिमान: म्याक्सवेलले बनाए ४० बलमा शतक – Nepal Press

विश्वकपमा किर्तिमान: म्याक्सवेलले बनाए ४० बलमा शतक

काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेटमा अष्ट्रेलियाका विष्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले ४० बलमै शतक बनाएका छन् ।नेदरल्याण्ड्सविरूद्धको म्याचमा उनले विश्वकप क्रिकेटकै छिटो शतक पूरा गरेका हुन् ।

म्याक्सवेलले ४४ बलमा १०६ रन र डेभिड वार्नरले ९३ बलमा १०४ रन बनाएपछि अष्ट्रेलियाले नेदरल्यान्डसलाई ४०० रनको लक्ष्य दिएको छ ।

म्याक्सवेलले आफ्नो धुवाँधार इनिङमा ८ छक्का र ९ चौका प्रहार गरे । उनी छैटौं नम्बरमा क्रिजमा आउँदा अष्ट्रेलियाले ३८.६ ओभरमा २६६ रन बनाएको थियो ।

म्याक्सवेलले सातौं विकेटका लागि कप्तान प्याट कुमिन्ससँग १०३रनको साझेदारी गरेका थिए, जसमा कुमिन्सको हिस्सामा मात्र ८ रन थियो । उनी म्याक्सवेलको हार्डहिटिङका दर्शक बने ।

विश्वकपमा सर्वाधिक छिटो,शतकको किर्तिमान साउथ अफ्रिकाका एइडन म्याक्रमको नाममा थियो । उनले यसै विश्वकपमा श्रीलंकाविरूद्ध ४९ बलमा शतक हानेका थिए । म्याक्रमको रेकर्ड केही दिनमै तोडिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *