दुर्गा मूर्ति बिसर्जन गर्दा वेपत्ता युवकको शव तीन दिनपछि फेला – Nepal Press

दुर्गा मूर्ति बिसर्जन गर्दा वेपत्ता युवकको शव तीन दिनपछि फेला

रूपन्देही । दसैँको दिन रुपन्देहीको मर्चवारमा दुर्गा मूर्ति बिसर्जनको क्रममा डुबेर बेपत्ता युवकको शव तीन दिनपछि भेटिएको छ ।

स्थानीयले नभेटेपछि खोजतलासका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त गोताखोरको टीम परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नंं २७ नम्बर गण हेडक्वाटर भैरहवा, रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसीराम पाण्डेयले कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ९ जना गोताखोर ल्याएर खोजतलास गरिएको र बिहीबार शव फेला परेको बताए ।

‘सबैतिरबाट खोजी भएको थियो, आज सवा १२ बजे घटनास्थलको केही तल तैरिएको अवस्था भेटियो’, उनले भने ।

दुर्गा मूर्ति बिसर्जनका क्रममा मंगलबार दिउँसो रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको दुई मुहान (नदी) मा डुबेर कोटहीमाई- १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए । मूर्ति बिसर्जनकै क्रममा डुबेर सोही स्थानकै २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो । उनीहरुको शव मंगलबार फेला परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *