निर्मल निवासमा पारसको विन्दास शैली- चुरोट तन्काउँदै आए, टहलिए र गए (भिडिओ)
मिडिया देखेपछि पारसले हातको चुरोट मिल्काएका थिए
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह विजयादशमीको दिन निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिन व्यस्त थिए । एकजना परिचित व्यक्ति एक्लै लठङलठङ हल्लिदै निर्मल निवासभित्र पसे र सबैको ध्यान उनीतिर खिचियो ।
उनी थिए पूर्वयुवराज पारस । अरुबेला ‘ट्यापे’ जस्तो भएर हिँड्ने पारस त्यसदिन भने दौरासुरुवाल, थ्रिपिस कोट, टोपी र कालो चश्मामा ह्यान्डसम देखिएका थिए । त्यसमाथि उनको हातमा चुरोट पनि थियो ।
चुरोट तन्काउदै यताउता हल्लिइरहेका पारसलाई देख्नासाथ क्यामराहरू उनीतिर सोझिन थालिहाले । क्यामरा देखेपछि पारसले हातको चुरोट मिल्काए । अनि पछाडि हात बाँधेर यताउता टहलिए । केही मिडियाले उनलाई घेरेर प्रश्न सोध्ने प्रयास गरे । तर, पारस केही बोल्ने मुडमा थिएनन् । त्यहाँ उपस्थित स्वयम् सेवक र गाडीहरूले मिडियाहरूलाई पारसबाट पन्छाए ।
पारस पूर्वराजा भएतिर गए । यसो हेरे । केही बोलेनन् । केही व्यक्तिले उनीसँग कुरा गर्न खाजे पनि पारस आफ्नै धुनमा थिए । एकछिनपछि त्यहाँबाट सुटुक्क निस्केर उनी आफ्नै ‘खोपितिर’ लागे ।
पारस चुरोट तन्काउँदै निर्मल निवासभित्र टहलिएको भिडिओ भने विभिन्न व्यक्तिहरूको मोबाइलमा कैद भइसकेको थियो, जुन अहिले टिकटकतिर भाइरल भइरहेको छ ।