राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै
नेपाल प्रेस
२०८० कार्तिक १० गते १३:०८
काठमाडौं । राष्ट्रिय सभाको बैठक आगामी मंगलबार अपरान्ह पौने पाँच बजे बस्ने भएको छ ।
राष्ट्रिय सभा सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कात्तिक १४ गते मंगलबार अपारान्ह चार बजेर ४६ मिनेटमा बस्ने गरी राष्ट्रिय सभा बैठक बोलाएको जानकारी गराएको हो ।
राष्ट्रिय सभा निवमावली, २०७५ को नियम ६ को उपनियम एक बमोजिम यस अघि गत असोज २९ गतेको सूचनाबाट राष्ट्रिय सभा बैठक स्थगित भएको राष्ट्रिय सभा सचिवालयका सचिव डा।सुरेन्द्र अर्यालले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर