माओवादी नेताहरू लुकेर दसैंको टीका लगाउने अवस्थामा पुगे : शंकर पोखरेल – Nepal Press

माओवादी नेताहरू लुकेर दसैंको टीका लगाउने अवस्थामा पुगे : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी नेताहरू लुकेर दसैंको टीका लगाउने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

एमाले तुलसीपुर उपमहानगर कमिटीले आज गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले माओवादीले विगतमा दसैं बहिष्कारको अभियान चलाएपनि अहिले लुकेर टीका लगाउने अवस्थामा पुगेको बताए ।

‘पहिले माओवादी दशैँ बहिष्कार अभियानमा थिए’, महासचिव पोखरेलले भने, ‘दशैँ बहिष्कार गर्नेलाई समाजले नस्विकार्ने भएपछि लुकेर टिका लगाउने गरेकाछन् ।’ दसैं कुनै धर्म विशेषको चाड मात्रै नभई नेपाली संस्कृति भएकाले कम्युनिष्ट भएकै कारण दसैं बहिष्कार गर्न नहुने उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर