कांग्रेसले चियापान तथा शुभकामना आदान प्रदान गर्दै
काठमाडौं । नेपाली कांग्रेसले विजया दशमी, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वको अवसरमा शनिबार चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।
दसैंको कोजाग्रत पुर्णिमाको अवसर पारेर पार्टी कार्यालय सानेपामा शुभकामना आदान-प्रदान तथा चियापान समारोह आयोगजना गरेको हो ।
हरेक वर्ष चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको कांग्रेसले यस वर्ष पनि निरन्तरता दिंदै शनिबार दिउँसो दुई बजेदेखि पाँचबजेसम्म पार्टी कार्यालयमा आयोजना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
२०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा कायमै राखेको छ । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागि हुनका लागि सबैलाई आग्रह गरेको छ ।