संकटमा परेको भारतका लागि कप्तानी पाली खेलेका रोहित ८७ रनमा आउट
नेपाल प्रेस
२०८० कार्तिक १२ गते १७:२१
नयाँ दिल्ली । भारतमा जारी एक दिवसीय विश्वकपअन्तर्गत अहिले इङ्ल्यान्डविरुद्ध खेलिरहेको घरेलु टोलीका कप्तान रोहित शर्मा ८७ रन बनाएर आउट भएका छन् ।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले ३८ ओभरमा ५ विकेट गुमाएर १७१ रन जोडेको छ । ४० रन जोड्दा ३ विकेट गुमाएको अवस्थामा रोहितले चौथो विकेटका लागि केएल राहुलसँग ९१ रनको साझेदारी गरेका थिए ।
भारतका सुभमन गिल ९ र श्रेयस अयर ४ रन बनाएर आउट भए भने विराट कोहलीले खाता नै खोल्न सकेनन् । राहुलले ३८ रन जोडेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर