नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित
काठमाडौं । नेपाल हिमालय सिमापार वाणिज्य संघको २१ औ साधरण सभा तथा १० औ अधिवेशन बाट अध्यक्षमा अशोक कुमार श्रेष्ठसहित सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।
२१ गते हुने २१ औं अधिवेशनमा अध्यक्षसहित २५ जना पदाधिकारीहरु सर्वसम्मत ढङ्गबाट निर्वाचित हुने संघले जनाएको छ ।
बरिष्ठ उपाध्यक्षमा रामहरी कार्की , प्रथम उपाध्यक्षमा कुमार श्रेष्ठ , उपाध्यक्षहरुमा सुजित बस्नेत, सुरेस श्रेष्ठ , अर्जुन कार्की र नयनबहादुर पण्डित क्षेत्री निर्वाचित भएका छन् ।
त्यस्तै महासचिबमा भरत कार्की ,बरिष्ठ सचिवमा भक्तबहादुर पराजुली , सचिवमा निरञ्जन कृष्ण श्रेष्ठ , बिनोद बस्नेत , रामचन्द्र पराजुली , गिविन्द्रकुमार चौलागाईं र कोषाध्यक्षमा लालबहादुर बस्नेत लगातय अन्य सदस्यहरु निर्विरोध नियुक्त भएको संघ जनाएको छ ।
यो संघमा आवद्ध ब्यवसायीहरुले चीन लगायतका मुलुकबाट बस्तु आयात तथा निर्यात सम्वन्धि काम गर्दै आएका छन् ।