भारतीका पतिको हत्यामा जन्मकैद सुनाइएका रिगलको आम माफीविरुद्धको रिटको सुनुवाइ भोलि हुने – Nepal Press

भारतीका पतिको हत्यामा जन्मकैद सुनाइएका रिगलको आम माफीविरुद्धको रिटको सुनुवाइ भोलि हुने

काठमाडौं । आफ्ना पतिका हत्यारालाई आम माफी दिने निर्णयविरुद्ध भारती मानन्धर लगातार आन्दोलित छिन् । राष्ट्रपतीले गत संविधान दिवसका अवसरमा चेतन मानन्धरको हत्यामा सर्वस्वसहित जन्मकैद भएका रिगल ढकाललाई आम माफी दिएका थिए ।

त्यसयता भारती काठमाडौं आएर अनसन बसिरहेकी छिन्। सोमबार पत्रकार सम्मेलन आयोजना भइरहेका बेला उनी बेहोस भएर ढलेपछि अस्पताल पुर्याइएको छ । यसअघि पनि भारत बेहोस भएर ढलेकी थिइन् । उता भारतले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई मंगलबार हुँदै छ ।

असोज २५ गते पेशी तोकिएपनि हेर्न नमिल्ने भनेर कात्तिक १४ गतेलाई सारिएको थियो। त्यसअघि एकल इजलासले गरेको आदेशमा अग्राधिकारसहित असोज २५ गतेलाई पेशी तोकिएको थियो भने त्यस दिन विदा परेमा भोलीपल्टै पेशी तोक्न पनि भनिएको थियो । मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आम माफी दिने निर्णयको सम्पूर्ण मिसिल झिकाउन पनि आदेश गरेका थिए ।

पूर्ण इजलासमा लगिएको यस रिटमा प्रधान न्यायधिश विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले त्यस दिन सुनुवाईलाई हेर्न नमिल्नेमा राखेर एकैपटक झन्डै तीन सातापछिलाई पेशी तोकेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर