मन्त्रीकै स्वीकारोक्ति- चाडपर्वमा कालोबजारी गर्नेलाई केही गर्न सकेनौं – Nepal Press

मन्त्रीकै स्वीकारोक्ति- चाडपर्वमा कालोबजारी गर्नेलाई केही गर्न सकेनौं

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ताहरु ठगी गर्नेहरुलाई कुनै कारबाही गर्न नसकिएको बताएका छन् ।

विधायन व्यवस्थापन समितिको आइतबार भएको बैठकमा विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० बारे छलफलमा भाग लिँदै उनले विद्युतीय व्यापारसम्बन्धी ऐनहरु बन्न नसक्दा कालोबजारी गर्नेहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउन नसकिएको स्वीकार गरेका हुन् ।

उनले समातिएका ठूला कालोबजारी गर्ने व्यक्तिहरु तीन लाख तिरेर छुट्ने गरेको भन्दै जरिवानाको दायरा ठूलो बनाउन आवश्यक रहेको बताए ।

मन्त्री रिजालले ठूलो कालोबजारी गर्नेहरुलाई कसुरको आधारमा दुईदेखि १० लाखसम्म जरिवाना गर्ने प्रावधान राख्नुपर्ने बताए ।

‘५० हजारदेखि ३ लाखसम्मको जरिवाना छ । समातिएका ठूला कालोबजारीहरु ३ लाखै त हो भनेर फुत्किने गरेका छन् । त्यसकारण हामी सचेत हौं । जेल हाल्ने त कुरै छैन, कसले हाल्छ, कहाँ हाल्छ ? अनुगमन गरेर जेल हाल्ने कुरा होइन । तर, ठूलो ठगीको लागि सजाय राखिएको हो’, उनले भने, ‘सानोलाई त ३ देखि ५ लाख जरिवाना राखिएको छ । यसलाई कसुर हेरी २ देखि १० लाख गर्नुपर्छ । कालोबजारीहरुलाई हामीले यसपालि केही गर्न सकेनौं । गयो समात्यो, २० हजार फाइन गरेका थियौं । ठूलालाई ३ लाख गर्ने हो । तर, उठाउने कानून छैन, नदिए कसरी अघि बढ्ने भन्ने छैन ।’


प्रतिक्रिया

One thought on “मन्त्रीकै स्वीकारोक्ति- चाडपर्वमा कालोबजारी गर्नेलाई केही गर्न सकेनौं

  1. आज काठमाडौमा बसुन्धराबाट चक्रपथ हुदै टिचिङ अस्पताल अगाडिसम्मको भाडा रु २५ लियो । उसले भन्यो कि चढेपछि रु २५ नै हो भाडा ।के सरकारले तोकेको भाडा यही हो त ? यस्तो बसलाई कारवाही गर्ने कुनै निकाय छ कि ? ट्राफिक पुलिस देखिन्छन् तर किन बस्छन् थाहा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर