देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन सरकारले प्रोत्साहन गर्दैन: ओली (भिडिओ)
‘पुष्प व्यवसायबाट देशलाई छोटो समयमा आत्मनिर्भर बनाउन सकिन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र आफैंमा आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
भृकुटीमण्डपको पुष्प मेलालाई सम्बोधन गर्दै उनले हिजो देशको अर्थतन्त्र आत्मनिर्भर रहेको स्मरण गरे ।
उनले भने, ‘फूल र फलफूलहरु हिजो हामी आफ्नै बारीमा लगाउँथ्यौं। जसले गर्दा ठाउँ र हावापानीअनुसारको खेतीले हामीलाई पुरानो जमानामा आत्मनिर्भर नै बनाएको थियो । हाम्रो अर्थतन्त्र नै एउटा आत्मनिर्भर अर्थतन्त्रमा थियो हिजो । आज हामी आत्मनिर्भर अर्थतन्त्रमा छैनौं । फेरि हामी बढेका आवश्यकतालाई ध्यान दिएर आत्मनिर्भर हुन सक्नुपर्छ ।’
पुष्प व्यवसायबाट पनि देशलाई छोटो समयमा आत्मनिर्भर बनाउन सकिने बताए । आत्मनिर्भर बन्न सरकारले प्रोत्साहन नगर्न नसकेको भन्दै उनले निजी क्षेत्रबाट आफ्नै प्रयासमा अग्रसर हुनुपर्ने बताए ।