कृषि तथा वन विज्ञान विश्वविद्यालयको नीतिका कारण सम्बन्धन पाएका क्याम्पस समस्यामा – Nepal Press

कृषि तथा वन विज्ञान विश्वविद्यालयको नीतिका कारण सम्बन्धन पाएका क्याम्पस समस्यामा

विराटनगर । कृषि तथा वन विज्ञान विश्वविद्यालयको नीतिका कारण सो विश्वविद्यालयबाट सम्बन्धन लिएका क्याम्पसहरू समस्यामा परेका छन् ।

सम्बन्धन लिएर कृषिमा स्नातक तहका कक्षाहरू सञ्चालन गर्दै आएका क्याम्पसहरू विद्यार्थी नपाएर समस्यामा परेका हुन ।

विश्वविद्यालयले विद्यार्थीहरूको प्रवेश परीक्षा लिने र आवश्यक विद्यार्थी पूरा नभए पनि पुन प्रवेश परीक्षा नलिएका कारण क्याम्पसहरू विद्यार्थी अभावमा समस्यामा परेका छन् ।

सुनसरीको रामधुनीमा रहेको जीविका कृषि सहकारी क्याम्पसमा विश्व विद्यालयको नीतिका कारण अघिल्लो शैक्षिक सत्रमा १ जना पनि विद्यार्थी भर्ना हुन सकेनन् ।

सहकारी मार्फत सन्चालन भएको सो क्याम्पसमा विश्वविद्यालयले विद्यार्थी नपठाउँदा समस्या भएको सहकारीका व्यवस्थापक शिव डाँगीले बताए ।

क्याम्पसले स्नातक तहको ४ बर्से कृषि विषयमा पठन पाठन गराउँदै आएको भए पनि विद्यार्थी नहुँदा समस्या भएको डाँगीले बताए ।

सो क्याम्पसलाई वार्षिक ५० जना विद्यार्थी पढाउने अनुमति दिएको छ । विश्वविद्यालयले एक जना पनि विद्यार्थी नपठाएका कारण क्याम्पस सञ्चालनमा समस्या भएको अध्यक्ष नवराज चापागाईँले बताए ।

सो क्याम्पसले पहिलो वर्ष २४,दोस्रो १५,तेस्रो २९र चौथो २८ जना विद्यार्थी भर्ना भएका थिए । पाँचौं वर्ष भने विद्यार्थी न आएको र यश वर्ष पनि विद्यार्थी आउने न आउने टुङ्गो नभएको चापागाईँ बताउँछन् ।

विश्वविद्यालयको ८ आङ्गिक कलेज र ७ सम्बन्धन प्राप्त कलेजले स्नातक तहको कृषि विषय पढाउँदै आएका छन् । एक शैक्षिक सत्रमा ८ सय ५० जना विद्यार्थी आवश्यक पर्छन् ।

अघिल्लो शैक्षिक सत्रमा १३ सय जनाले प्रवेश परीक्षा दिएकोमा ६ सय ५० जना मात्रै विद्यार्थीले प्रवेश परीक्षा पास गरेका थिए । माग भन्दा कम विद्यार्थीलाई मात्रै प्रवेश परीक्षा पास गराएका कारण क्याम्पसमा विद्यार्थी अभाव भएको व्यवस्थापक डाँगीले बताए ।

२०७१ सालमा स्थापित जीविका कृषि सहकारी संस्थाले कृषि तथा वन विज्ञान विश्वविद्यालय बाट सम्बन्धन लिई २०७५ सालदेखि जीविका कृषि विज्ञान कलेज सञ्चालनमा ल्याएको हो ।

२० बिघा जग्गामा फैलिएको कृषि फार्म, सुविधा सम्पन्न कलेज भवन, व्यवस्थित ल्याब र पुस्तकालय, ६ जना पूर्णकालीन र आंशिक सहित १५ जना प्राध्यापकहरू जीविका कलेजमा कार्यरत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *