तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का खरिद गर्न पाइने
काठमाडौं । तिहारका लागि नेपाल राष्ट्र बैंकबाट सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) खरिद गर्न पाइने भएको छ ।
राष्ट्र बैंकले यही कार्तिक १९ गते अर्थात् आइतबार देखि २४ गतेसम्म सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री खुल्ला गरेको गर्ने भएको हो ।
राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति बढीमा सुनका असर्फी १ सेट (१० ग्राम, ५ ग्राम, २.५ ग्राम) र चाँदीका सिक्का (मेडालियन) १ सेट (गाईअङ्कित २५ ग्राम, गाईअङ्कित १० ग्राम, लक्ष्मीअङ्कित १० ग्राम, गणेशअङ्कित १० ग्राम, गजलक्ष्मीअङ्कित १० ग्राम० बिक्रीको प्रबन्ध मिलाइएको छ ।
उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआर मार्फत भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । भने, असर्फी र चाँदीका सिक्का बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बिक्री खुल्ला गरिने छ ।