टी-२० विश्वकप छनोट : गुल्सनले दिलाए नेपाललाई तेस्रो सफलता
काठमाडौं । नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी ओमानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता पाएको छ ।
गुल्सन झाले तेस्रो विकेटका रुपमा प्रतिक अथवालेलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गरेका हुन् ।
झाले यो ओभरमा १२ रन दिएर विकेट लिए ।
नेपालका लागि सोमपाल कामी र करनले केसीले १-१ विकेट लिएका छन् ।
नेपालले २ वटा क्याच मिस गरेको छ । कप्तान रोहित पौडेल र प्रतिश जिसीले ओमानका खेलाडीलाई जीवनदान दिएका हुन् ।
यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।
प्रतियोगितामा दुवै टोली एक खेलअगावै समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
नेपालले आजको खेलमा कुनै पनि खेलाडीलाई परिवर्तन गरेको छैन । नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।