कोशी सरकारबाट बाहिरिँदै एमाले, मन्त्री रानाले राजीनामा दिने – Nepal Press

कोशी सरकारबाट बाहिरिँदै एमाले, मन्त्री रानाले राजीनामा दिने

विराटनगर । आफूहरूसँग भएको सहमतिविपरीत कोशीका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

एमालेले मन्त्री राम रानालाई राजीनामा गराउने तयारी अगाडि बढाएको छ । एमालेले भोलि रानालाई राजीनामा गराउने तयारी गरेको पार्टी स्रोतले जनाएको छ ।

राना असोज २७ गते मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएसँगै मन्त्री भएका थिए । उनलाई अहिलेसम्म मन्त्रालयसमेत दिइएको छैन ।

‘माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि हामी बसिरहनु उपयुक्त छैन’, एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘आवश्यक छलफल गरेर भोलि सरकारबाट बाहिरिन्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर