दाङका ४ पालिकामा प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध – Nepal Press

दाङका ४ पालिकामा प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध

रुपन्देही । तिहार नजिकिँदै गर्दा स्थानीय स्तरमा उत्पादन भएका फूलको बिक्रीमा सहजताका लागि दाङका चार पालिकाले प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध लगाएका छन् ।

तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाएका हुन् ।

चार वटै पालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएका हुन् । चार वटै पालिकाले तिहारको समयमा प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह गर्दै बजार अनुगमनलाई तीव्रता दिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।

दाङका तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लास्टिकका माला प्रयोग नगर्न अपिल विज्ञप्तिसमेत जारी गरेका छन् ।

प्राकृतिक फूलको बजारीकरणमा सहजताका लागि पालिकाभित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर पनि सार्वजनिक गर्दै स्थानीय र सरकारको भूमिका निर्वाह गरेको पुष्प खेती किसानहरूले खुसी व्यक्त गरेका छन् ।

यसले गर्दा अघिल्ला वर्षहरूमा जस्तो प्लास्टिकका फूलमाला बजारमा देखिएका छैनन् भने केही थान कृति मालाहरू स्थानीय सरकारले अनुगमनका क्रममा आफ्नो नियन्त्रणमा लिइरहेको गढवा गाउँपालिका उपाध्यक्ष सारदा चौधरीले बताइन् ।

उपाध्यक्ष चौधरीले भनिन्–हामीले पुष्प उत्पादन गर्ने किसानलाई सहयोग सँगै उत्पादित पुष्पको अनुगमन, बिक्रीको लागि बजारीकरणको सहयोग गरिरहेका छौ यसले किसानमा खुसी पाएका छौं ।

उता प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएपछि उत्पादित फूलले बजार पाउने आशामा रहेको फूल खेती गरेका तुलसीपुर – २ का गणेश भण्डारीले बताए । दाङमा यस वर्ष करिब २२ बिघा क्षेत्रफलमा फूल खेती गरिएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीयलाई आत्मनिर्भर बनाउन यसखालका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले स्थानीय रुपमा यही व्यवसाय गरेका व्यसायीलाई प्रोत्साहन र आफूलाई आवश्यक पर्ने फूल लगाउन प्रेरणा जगाउन पनि यस्ता कार्यक्रमले सहयोग गर्ने जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर