सोल्टीमोडमा नेपाली सेनाका लेश नायक कार्की मृत फेला
काठमाडौंको । काठमाडौंको कालिमाटीस्थित सोल्टीमोडमा नेपाली सेनामा कार्यरत एक सैनिकको शव भेटिएको छ ।
आज बिहान सवा ६ बजेको सोल्टिमोड स्थित दरवार बैंकेट अगाडि सडक पेटिमा शव भेटिएको हो ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं। ०६ घर भएका नेपाली सेनाका लेश नायक दर्जामा कार्यरत रहेका २६ वर्षीय सुमन कार्कीको शव फेला परेको जिल्ला प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले बताए । उनी सडकमा मृत फेला परेका थिए ।
उनको साथबाट नेपाली सेनाको आईडी कार्ड फेला परेको थियो । उनको गणेश दल गण जंगी अड्डा भद्रकालीमा दरवन्दी रहेका थिए । परिसरबाट डीएसपी नरहरी अधिकारीको कमाण्डमा घटनास्थल तथा लास जाँच मुचुल्का कार्य जारी रहेको प्रवक्ता ढुंगेलले बताए । मृत्युको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
घटनाको थप अनुसन्धान गर्न घटनास्थलमा नेपाली सेनाको मेजर क्षेत्र जंग हमाल सैनिक प्रहरी, गणेश दल गण जंगि अड्डा भद्रकालीका उपसेनानी, रक्षा कार्की खटिएका छन् ।