भूकम्प प्रभावितका लागि गोदावरी नगरपालिकाले १ लाख दिने, मेयरले २ महिनाको सुविधा दिने – Nepal Press

भूकम्प प्रभावितका लागि गोदावरी नगरपालिकाले १ लाख दिने, मेयरले २ महिनाको सुविधा दिने

कैलाली । जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पको राहतको लागि कैलालीको गोदावरी नगरपालिकाले एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । साथै नगर प्रमुख वीरेन्द्र भट्टले आफूले पाउने २ महिनाको सेवा सुविधा समेत सहयोग गर्ने घोषणा गरेका छन् ।

भूकम्प पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि गोदावरी नगरपालिका, कैलालीको तर्फबाट एक लाख र नगर प्रमुखले पाउने दुई महिनाको सेवा सुविधा बापतको रकम समेत नेपाल सरकारलाई सहयोग बापत उपलब्ध गराउने एक विज्ञप्ति जारी गर्दै जानकारी गराइएको छ ।

स्वदेश र विदेशमा रहेका सबैलाई मानवीय सेवाको अभियानमा जुट्न समेत अपिल गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *