दबाब झेल्दै रोहित पौडेलको कप्तानी पारी
नेपाल प्रेस
२०८० कार्तिक १९ गते १२:३३
काठमाडौं । टी–२० विश्वकप छनोट फाइनलमा नेपालका लागि रोहित पौडेलले कप्तानी पारी खेलेका छन् ।
नेपाल समस्याग्रस्त रहेको अवस्थामा क्रिजमा आएका उनले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक पूरा गरे ।
गुल्शन झासँग रोहितको ७८ रनको बलियो साझेदारी भएको थियो । संयमित भएर खेलिरहेका रोहितले गुल्शन आउट भएपछि आक्रामक ब्याटिङ गरिरहेका छन् ।
अन्तिम ओभरको दोस्रो बलमा चौका हान्दै उनले अर्धशतक पूरा गरेका हुन् । उनले ३७ बलमा दुई छक्का र पाँच चौका प्रहार गरे ।
रोहितको कप्तानी पारी र गुल्शनको विष्फोटक ब्याटिङमा नेपालले चुनौतीपूर्ण स्कोर खडा गर्न सफल भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर