भूकम्पबाट प्रभावित परिवारलाई खाद्यन्नलगायत सामग्री चेम्बरले सहयोग गर्ने – Nepal Press

भूकम्पबाट प्रभावित परिवारलाई खाद्यन्नलगायत सामग्री चेम्बरले सहयोग गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यन्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याट्रेस सहयोग गर्ने भएको छ ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यन्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याट्रेस चेम्बारले सहयोग गर्ने भएको हो । चेम्बरको विपद् व्यवस्थापन कोषअन्र्तगत भूकम्प प्रभावितलाई अत्यावश्यक सामाग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए ।

चेम्बरले आवश्यक सम्पुर्ण सामाग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्समार्फत सरकारको एकद्धारा प्रणालीमा सहयोग गर्नेछ । भूकम्पबाट अति प्रभावित जाजरकोट, रुकुम पश्चिम, लगायतका जिल्लाका पीडितलाई खाद्यन्ह, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याट्रेस वितरण गर्ने जनाइएको छ ।

सरकारी संयन्त्रसंग समन्वय गरेर नै सहयोग सामाग्री वितरण गरिने अध्यक्ष मल्लको भनाई छ । चेम्बरले जाजरकोट लगायतका आसपासका जिल्लामा भूकम्प पीडितको पुनर्स्थापनाका लागि आवश्यक सहयोग संकलन जुटाउन समेत प्रदेश, जिल्ला र नगर चेम्बरलाई आग्रह समेत गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *