प्रसाईलाई प्रहरीले भन्यो- कम्बोडियामा ओलीको ३ अर्ब लगानी पुष्टि गर वा कानूनी कारवाही भोग्न तयार होऊ – Nepal Press

प्रसाईलाई प्रहरीले भन्यो- कम्बोडियामा ओलीको ३ अर्ब लगानी पुष्टि गर वा कानूनी कारवाही भोग्न तयार होऊ

काठमाडौं । नेपाल प्रहरीले बि एण्ड सी मेडिकल अस्पताल सन्चालक दुर्गा प्रसाईसँग पूर्व प्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड लगानी गरेको पुष्टि हुने प्रमाण मागेको छ ।

पूर्व प्रधानमन्त्री ओलीको सन्दर्भमा उनले सार्वजनिक रुपमा लगाएका आरोप पुष्टि गर्न वा कानूनी कारवाही भोग्न दुईमध्ये एक विकल्पका लागि तयार रहन प्रहरीले प्रसाईलाई पूर्व जानकारी समेत गराएको छ ।

प्रहरीले पटकपटक उनलाई ओलीमाथि सार्वजनिकरुपमा लगाएका आरोप पुष्टि हुने केही आधार भए उपलब्ध गराउन आग्रह गर्दा उनले विभिन्न वहाना गरेर उम्किरहेको उच्च अधिकारीले बताए । पछिल्लोपटक आईजीपी वसन्त कुँवर आफैंले फोन गरेर उनलाई आरोप प्रमाणित गर्न वा कानून बमोजिम कारवाहीको भागिदार बन्न प्रहरीसमक्ष उपस्थित हुन भनेका थिए ।

प्रसाईले आइतवार केन्द्रीय साइबर ब्यूरोमा गएर प्रारम्भिक वयान दिएका छन् । उनलाई प्रहरीले अरु नेता र विभिन्न व्यवसायीको चरित्रहत्या गर्ने ढंगले सार्वजनिक रुपमा घृणास्पद अभिव्यक्ति दिएको विषयमा पनि अनुसन्धान अघि बढाएको छ ।

 


प्रतिक्रिया

2 thoughts on “प्रसाईलाई प्रहरीले भन्यो- कम्बोडियामा ओलीको ३ अर्ब लगानी पुष्टि गर वा कानूनी कारवाही भोग्न तयार होऊ

  1. ओलिको लगानीको बारेमा सोधेको भनेर यि पत्रकारले दुर्गा प्रसाई र ओलिकोबीचमा बढी झगडा पार्न प्रयास गरेको देखियो । यस्तै प्रयास स्वरूप दिल्ली, प्रचण्डले दुर्गालाई एमाले र ओलि विरूद्व प्रयोग गरिरहेका छन् । त्यस्तै तिनले कथित पहिचानवादी नामका गुण्डा पनि एमाले विरूद्व प्रयोग गरिरहेका छन् । दिल्लीको टट्टु नबनौं । दिल्लीको पैसा खाएर एमाले विरूद्व प्रयोग नहोओै । व्यर्थ हुन्छ । तराईमा राजेन्द्र महतोहरू एकपटक दिल्लीका दलाल भएर ओलिलाई तराई छिर्नै नदिने भनेर लागे । अहिले तराईमा ओलि सबैभन्दा बढी लोकप्रिय छन् जबकि महतोहरू बिलाएर गए । दलाल बन्नेहरू प्रयोग मात्र हुने हुन् । ठगबन्धन, त्यसमा पनि बढी प्रचण्ड, कथित पहिचानवादी नामका गुण्डा, दुर्गा प्रसाई अहिले दिल्लीका टट्टु भएर ओलि र एमाले विरूद्व खनिएका छन् । महतोहरूजस्तै यी टट्टुहरू पनि सकिएर जान्छन् । जबकि कथित पहिचानवादीहरू सबैभन्दा बढी प्रचण्ड विरूद्व खनिनुपर्ने किनकी आफूलाई पहिचानवादी भन्ने प्रचण्डहरूकै भोटले कोशी प्रदेशको नाम रहेको हो । एमाले, काँग्रेसहरूले त कुनैजातको आधारमा प्रदेशको नाम राख्नै हुँदैन भनेका थिए । त्यसैले यी कथित पहिचानवादी भनेका दिल्ली र प्रचण्डका दलाल हुन् ।
    जनताको मायाले ओलि झन् ल‍ोकप्रिय हुन्छन् । एमाले र ओलि झन् फैलदै जान्छन् । यो अवश्यम्भावि छ । त्यसैले पत्रकार महोदयले पनि दिल्लीको नूनको सोझो गर्ने प्रयास नगरेकै राम्रो ।

  2. अब प्रहरिको जागिर दुर्गा प्रसाईलाई दिनुपर्यो आरोप त बाबुराम भट्टराईले प्रचण्ड्लाई पनि लगाकै हुन अझ क्यान्टोनमेन्ट भ्रष्टाचारको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर