भारतसँग दक्षिण अफ्रिका २४३ रनले पराजित, ८३ रनमै अल आउट
नेपाल प्रेस
२०८० कार्तिक १९ गते २१:०९
काठमाडौं । घरेलु मैदानमा जारी एक दिवसीय विश्वकपमा भारतले लगातार आठौं जित निकालेको छ । आइतबार भएको खेलमा दक्षिण अफ्रिाका २४३ रनले पराजित भयो ।
३२७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २७.१ ओभरमा ८३ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकालाई सस्तोमै समेट्न भारतका रवीन्द्र जटेजाले ५, मोहम्मद सामी र कुलदीप यादवले दुई दुई विकेट लिएका थिए ।
त्यसअघि भारतको पालीमा विराट कोहली १०१ र स्रेयश अयरले ७७ रन बनाएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर