एकद्वार प्रणालीको नाममा सुगम ठाउँमा मात्रै राहत नथुपार्न सरकारलाई रास्वपाको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको तत्कालीन राहत र दीर्घकालीन व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
रास्वपाका उपसभापति डीपी अर्याल नेतृत्वको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै ध्यानाकर्षण गरेको हो ।
उनले एकद्वार प्रणालीको नाममा सदरमुकामसहित सुगम ठाउँमा राहत थुप्रिने तर दुर्गमका वास्तविक प्रभावितले नपाउने विगतको कमजोरी नदोहोर्याउन सरकारलाई सचेत गराएको छ ।
विगतमा भए जस्तै राहतमा प्राप्त चामल गोदाममा नकुहिउन् र कसैले दोहोरोतेहोरो राहत प्राप्त गर्दै गर्दा कुनै पीडितले राहत पाउँदै नपाउने अवस्था नबनोस् भन्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै राहत वितरणलाई चुस्त दुरुस्त तथा प्रभावकारी बनाउन अपनाउनुपर्ने थप सजगताका लागि ६ बुँदे सुझाव दिइएको उपसभापति अर्यालले जानकारी दिए ।
उनका अनुसार राहत सामग्री वितरणमा सडक पहुँच राम्रो नभएको ठाउँलाई प्राथमिकतामा राख्न, उद्धार र राहतका कार्यमा सरकारलाई आवश्यक परेमा आफ्नो पार्टीको मानव संशाधन र सञ्जाल उपयोग गर्न सुझाव दिइएको छ ।
यस्तै भूकम्प प्रभावितका लागि स्वदेश तथा विदेशबाट, सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्राप्त आवश्यक राहत सामग्रीको वितरण लक्षित जनतासम्म पुगेको यिकन गर्न तथा पीडितको उद्धारमा सम्बन्धित निकायको अनुगमन गर्न, तत्काल बसोबासका लागि आवश्यक प्रबन्ध गर्न सम्बन्धित निकायलाई सचेत गराउन, पुनर्निर्माण प्रक्रिया यथाशीघ्र अघि बढाई पीडितको पुनःस्थापना छिटो गर्न सम्बन्धित निकायलाई सचेत गराउन तथा पुनर्निर्माणका लागि आवश्यक कानूनी संरचना निर्माण कार्य तत्काल थालनी गर्न सुझाव दिइको अर्यालले बताए ।
उनका अनुसार विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत विभिन्न सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय निकाय तथा संघसंस्थालाई प्रभावकारी रुपमा परिचालन गर्न विद्यमान कानूनी तथा नीतिगत व्यवस्थामा रहेका कमीकमजोरी केलाई समय सापेक्षा सुधार गर्नुपर्ने आवश्यकता रहेकोतर्फ समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।
रास्वपाले जाजरकोटको रामीडाँडामा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावितको उद्धारमा सरकारले देखाएको तदारुकताका लागि धन्यवाद ज्ञापन पनि गरेको छ ।
ठग गठबन्दनको लुटेरा सरकारको अर्को ठगी धन्दा !! कुनै आपद पिपद भबितब्य वा बिपत्ती जे होस् असोस एउटा बर्ग छ तिनको लस्गी त्यो कमाउने मौका बन्ने गर्छ !! अहिले त् लुटेराहरु कैले हाली मुहाली छ !! माथि देखी तलसम्म लुटेरा ग्याङ् तयार छ !! सदर्मुकाममा सन्कुचित सरकार ‘ एक्द्वार प्रणाली भन्दै : लुट्ने धन्दालाई अनुकुल बातावरण बनाउन लाग्यो !! तिनलाई, राहत वापत आएको कुरा मान्छे छानी छानी बाड्नु छ : पिडित पिडामा छट्पटाइ छट्पटाइ मर्छन !!