आरती शाह मृत्यु प्रकरण : धनुषाका एसपी खड्काको जिम्मेवारी खोसियो – Nepal Press

आरती शाह मृत्यु प्रकरण : धनुषाका एसपी खड्काको जिम्मेवारी खोसियो

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एसपी विश्वराज खड्कालाई धनुषा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको छ । खड्कालाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।

आरती शाह मृत्यु प्रकरणमा खड्कालाई हटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

आरती शाह मृत्यु प्रकरणमा अनुसन्धान कमजोर गरेको आरोप मृतकका आफन्तहरूले लगाउँदै आएका छन् । ५ महिनाभन्दा बढी समयदेखि उनीहरू आन्दोलनरत छन् ।

आरती जेठ ७ गते आफ्नै घरमा मृत भेटिएकी थिइन् । यस प्रकरणमा पक्राउ परेका आरतीका श्रीमान् र ससुरा मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर