नेपाल-यमन खेलको टिकट ४ सय र एक हजार, अनुमानित बजेट साढे ७३ लाख (भिडिओ) – Nepal Press
विश्वकप छनोट

नेपाल-यमन खेलको टिकट ४ सय र एक हजार, अनुमानित बजेट साढे ७३ लाख (भिडिओ)

काठमाडौं । विश्वकप फुटबल छनोटअन्तर्गत दोस्रो चरणमा नेपाल र यमनबीच दशरथ रंगशालामा हुने खेलको टिकट दर ४ सय र एक हजार तोकिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी साधारण प्यारापिटतर्फ ४ सय र भीआईपी प्यारापिटतर्फ एक हजार रूपैयाँ टिकट दर तोकिएको जनाएको छ । खेल साँझ ७ बजे सुरू हुनेछ ।

खेल सकिएपछि दर्शकका लागि आवतजावतलाई सजिलो बनाउन साझा यातायातसँग कुरा भइरहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । नेपालले नोभेम्बर २१ तारिखमा यमनसँग खेल्दैछ । त्यसअघि नेपालले नोभेम्बर १६ तारिखमा यूएईसँग खेल्दैछ ।

यो खेल यूएईमा हुनेछ । पहिलो चरणमा नेपालले लाओसलाई हराएको थियो ।

प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४०० रहेको एन्फाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *